Breaking News :

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल काठमाडौंको जिल्ला अधिवेसन सम्प

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल काठमाडौंको जिल्ला अधिवेसन सम्प

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल काठमाडौंको जिल्ला अधिवेसन सम्प

श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति काठमाडौंको ३० औं वार्षिक साधारण सभा तथा ११ औं जिल्ला अधिवेसन सम्पन्न भएको छ।

श्री नवतनधाम मन्दिर गोठाटार काठमाडौ मा सञ्चालन गरिएको उक्त कार्यक्रममा करिब २०० सहभागी उपस्थित भएका थिए। कोभिड महामारीको समय भएतापनि सामाजिक दुरी र स्वास्थ्य मापदण्ड अपनाएर बिहानको करिब९ प्रारम्भ गरिको उक्त कार्यक्रम अपराह्नन बजे सम्पन्न भएको थियो। कार्यक्रममा सेवा समिति केन्द्र युवा परिषद केन्द्र बाईजुराज महिला समिति केन्द्र, सेवा समिति काठमाण्डौ, बाईजुराज महिला समिति काठमाडौ, युवा परिषद काभ्रे, भक्तपुर र ललितपुर, नवतनधाम मन्दिर व्यवस्थापन समिति, लायन्स क्लव प्रणामी समाज, धनधान्य बचत तथा ऋण सहकारी संस्था लगाएतलाई धन्यवाद तथा सम्मान पत्र वितरण गरिएको थियो । उक्त कार्यक्रममा युवा परिषद् भक्तपुर, युवा परिषद् ललितपुर, युवा परिषद् काभ्रे , श्री कल्याण कुमार कार्की, श्री हर्ष बहादुर थापा, मातृका प्याकुरेल, श्री खिल प्रसाद रेग्मी आदिले शुभकामना मन्तव्य प्रकट गर्नु भएको थियो । कार्यक्रमका सभापति निवर्तमान अध्यक्ष्य भरतराज मैनाली हुनुहुन्थ्यो र उहाँकै मन्तव्य पश्चात् पहिलोचरणको कार्यक्रम समापन भई दोस्रो चरणको निर्वाचन कार्यक्रम अघि बढेको थियो । तपशिल बमोजिमको समिति गठन भएको जानकारी श्री कृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय उपाध्यक्ष एवम् निर्वाचन संयोजक श्री कौशल फुयालले गराउनुभएको थियो ।  सम्पन्न श्रीकृष्णप्रणामी युवापरिषद् नेपाल जिल्ला समिती काठमाडौंको अधिबेशनबाट निर्बाचित व्यक्तिहरूको नाम;

अध्यक्ष - श्री राजकुमार गजुरेल

उपाध्यक्ष - श्री बिकास सन्जेल

उपाध्यक्ष - श्री मनमोल गजुरेल 

सचीव - श्री अरुण पाण्डे 

कोषाध्यक्ष - श्री दिनेश धिमाल 

सह- सचीव -श्री भेषराज भट्टराई ( प्रकाश )

 सदस्यहरु :- 

     श्री दिपा पौडेल लम्साल 

     श्री उद्दब तिमिल्सिना 

     श्री सरोज गौतम 

     श्री बिनोद गजुरेल 

     श्री सौरभ दाहाल 

     श्री सुबास रिजाल 

     श्री बिबेक फुयाल

Kopila Dhungana

Kopila Dhungana

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड