Breaking News :

राजेशमान सिंह एमाले प्रतियाग गर्ने र जसपामा प्रवेश गर्दै

राजेशमान सिंह एमाले प्रतियाग गर्ने र जसपामा प्रवेश गर्दै

राजेशमान सिंह एमाले प्रतियाग गर्ने र जसपामा प्रवेश गर्दै

वीरगञ्ज - केही साता अगाडी मात्रै लोकतान्तिक समाजवादी पार्टी (लोसपा) त्यागेर नेकपा एमाले प्रवेश गरेका राजेशमान सिंह अब जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्दै छन् ।

आफूसँग धोका भएको भन्दै एमाले पनि त्यागेर सिंहले जसपा रोजेका हुन् । सिंहले चैत ७ गते पोखरीया आयोजना हुने कार्यक्रममा जसपा प्रवेश गर्ने बताइएको छ । 

संविधानसभा सदस्य राजकुमार गुप्ता समूहसँग वीरगञ्ज महानगरपालिकामा मेयरको टिकट पाउने आश्वाशनसहित सिंहले एमाले प्रवेश गरेका थिए । तर, एमाले पर्सा भित्रकै अर्को समूहले उनका प्रतिद्वन्द्वीसमेत रहेका वीरगञ्जका मेयर विजय सरावगीलाई पार्टी प्रवेश गराएपछि उनि अन्योलमा परेका थिए । 

सरावगीलाई पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट वीरगञ्ज महानगरको मेयरको टिकट दिने आश्वासन दिएका छन् । सरावगीको प्रवेशसँगै सिंह र उनिमध्ये पार्टीबाट मेयरको टिकट कसले पाउँछ भन्ने विषयमा एमाले भित्र पनि मतान्तर बढ्दै गएको थियो । 

यद्दपी, एमाले भित्र टिकट पाउने दौडमा निर्वाचित मेयरले प्राथमिकता पाउने देखिएपछि सिंह जसपामा जाने निस्कर्षमा पुगेको हुन् । 

गत स्थानीय तहको निर्वाचनमा पनि वीरगञ्जको मेयरका लागि सिंह र सरावगीले प्रतिश्पर्धा गरेका थिए । मतपरिणाम सरावगीको पक्षमा आए पनि गत साढे ४ वर्षको अवधिमा सिंहले गरेको कामबाट सबै प्रभावित छन् । 

अर्कोतर्फ सिंहले पर्सामा प्रभावशाली नेता सङ्घीय सांसद् प्रदीप यादवको पनि साथ पाएका छन् । विजय सरावगी तत्कालनी सङ्घीय समाजवादी फोरममा रहेको बेला उनलाई वीरगञ्जको मेयर बनाउने पर्दा पछाडीको व्यक्ति प्रदीप यादवलाई मानिन्छ । 

व्यापारिक पृष्ठभूमिबाट सरावगीलाई राजनीतिमा ल्याएर मधेश प्रदेशकै एक मात्र महानगर वीरगञ्जको मेयर बनाउने यादवको सबैभन्दा ठूलो हात थियो । सोही यादव अबले सिंहलाई साथ दिरहेका छन् ।

स्थानीय तहको निर्वाचन घोषणा भएसँगै पछिल्लो एक महिनाभित्र पर्साको राजनीतिमा ठूलो उथलपुथलहरु भएका छन् ।  कुनै समयमा एक अर्काका प्रतिश्पर्धी मानिने प्रदीप यादव र राजेशमान सिंह आज एकै ठाउँमा उभिएका छन् भने त्यही यादवले राजनीतिमा ल्याएका व्यक्ति विजय सरावगी आज उनको सबैभन्दा ठूलो आलोचक बनेका छन् । 

निर्वाचन आउँन अहिले पनि दुई महिना बाँकी रहँदा अरु कस्ता परिवर्तन होला भन्ने कुरा समयले नै बताउँछ ।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड