Breaking News :

मधेश प्रदेश सरकारप्रति ओलीको कटाक्ष- नारामा बेटी बचाउ, व्यवहार साइकल पचाउ

मधेश प्रदेश सरकारप्रति ओलीको कटाक्ष- नारामा बेटी बचाउ, व्यवहार साइकल पचाउ

मधेश प्रदेश सरकारप्रति ओलीको कटाक्ष- नारामा बेटी बचाउ, व्यवहार साइकल पचाउ

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले मधेश सरकार भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् ।

भक्तपुरमा आज एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्चले गरेको कार्यक्रममा अध्यक्ष ओलीले मधेश प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाएका हुन् ।

उनले मधेश सरकारको नारा र व्यवहार फरक रहेको भन्दै कटाक्ष गरेका छन् ।

‘नारा लगाउँदा ‘बेटी पढाउ, बेटी बचाउ’ भन्ने । व्यवहारमा साइकल पचाउ काम । तपाईँहरूको प्रदेश २ को आकर्षक नारा सुन्नुभयो होला,’ ओलीले भने ।

साइकल खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशका गत असोज १३ गते मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको थियो । प्रारम्भिक अनुसन्धानमा कार्यालयले भ्रष्टाचार गरेको अख्तियारले ठहरसमेत गरेको थियो । यही घटनाक्रमलाई लिएर ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

मधेश प्रदेश पर्यटकको हिसाव एकदमै राम्रो रहेको भन्दै उनले सुनकोसी डाइभर्सन बनेपछि यस क्षेत्रको सिँचाइ सुविधा पुग्ने बताए ।

अध्यक्ष ओलीले धार्मिक पर्यटनको हिसावले मधेश प्रदेश उत्कृष्ट रहेकोसमेत बताएका थिए ।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड