Breaking News :

एमाले कुडाकर्कट जम्मा गर्ने ‘डस्वीन’ होइन : ओली

एमाले कुडाकर्कट जम्मा गर्ने ‘डस्वीन’ होइन : ओली

एमाले कुडाकर्कट जम्मा गर्ने ‘डस्वीन’ होइन : ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कुडा कर्कट जम्मा गर्ने डस्विन नभएको बताएका छन् ।

मंगलबार अनेमसंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल र झलनाथ खनाललगायतलाई कुडा कर्कटको संज्ञा दिँदै त्यस्ता मान्छेहरूलाई पुनः पार्टीमा भित्र्याउने पक्षमा एमाले नरहेको स्पष्ट पारे । उनले नेपाल र खनालहरूको नामै नलिइ कुडा कर्कटको संज्ञा दिएका हुन् ।

‘कुडाकर्कट जम्मा गर्ने डस्विन होइन एमाले । सुन्दर भविष्यतर्फ उन्मुख कार्यकर्ताको पार्टी हो । मरिच चाउरिएझै चाउरिनेहरुको पार्टी होइन’, ओलीले भने । उनले कम्युनिस्ट एकता गर्नुपर्छ भन्ने एमालेभित्रकै आवाजप्रति लक्षित गर्दै उनले नेपाल र खनाललाई एमालेमा भित्रयाउने कुरा डेट एक्सफायर औषधि खाएर विरामी पर्नु जस्तो मात्रै हुने बताए ।

‘आउटडेटेड औषधि खाएर स्वास्थ्य विगार्नु हुँदैन । कोही पनि नभएका, सबैले छोडेका मान्छे ल्याएर आसन ग्रहण गराएर केही हुँदैन’, ओलीले नयाँ र फ्रेस मानिसहरु एमालेप्रति आकर्षित भइरहेका भन्दै तराईबाट बस चढेर काठमाडौंमा आउने क्रम बढिरहेको बताए । उनले वर्तमान सरकारले पुस्तकमा चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेको भन्दै त्यहीबाट हैसियत थाहा भएको बताए ।

‘प्रधानमन्त्रीको तर्फबाट छापिएको पुस्तकमा, आफैले पास गरेको चुच्चे नक्सा सर्वसम्मतिले । तर त्यो नक्सा फेरबदल गरेर किताब छाप्नुभयो । उहाँहरुको मनसाय के हो ? यस्तो सरकार फेर्नै पर्छ’, ओलीको भनाइ छ । उनले यस्तो सरकार जनादेशबाट एमालेले बदल्ने दावी समेत गरे । उनले ५ दल मात्रै नभएर १० दल लागे पनि एमालेलाई कुनै फरक नपर्ने बताए ।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड