Breaking News :

विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्टको परीक्षा, सार्वजनिक भयो परीक्षा तालिका

विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्टको परीक्षा, सार्वजनिक भयो परीक्षा तालिका

विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्टको परीक्षा, सार्वजनिक भयो परीक्षा तालिका

काठमाडौं । विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्डको परीक्षा हुने भएको छ। भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो।

तर, २९ माघका लागि तय भएको परीक्षा कोरोना महामारीका कारण स्थतित भएकोमा भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर नयाँ मिति तय गरेको हो।

जसअनुसार २८ फागुन दिउँसो २ बजे लिखित परीक्षा तय भएको छ। तर परीक्षा केन्द्र निर्धारण भइसकेको छैन।

भन्सार एजेन्टमा २२ वर्षपछि भर्ना खुलेको थियो । पुराना भन्सार एजेन्टले आफ्नो एकाधिकार कायम राख्न र नयाँ एजेन्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि परीक्षा रोक्न अदालतमा मुद्दा दायर गरेपछि लामो समयसम्म प्रक्रिया अगाडि बढ्न सकेको थिएन । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो।

भन्सार एजेन्टल विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात(निर्यातमा सहजीकरण गर्ने छन् । एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित हुने छ।

भन्सार विभागले २०५६ सालमा भन्सार एजेन्ट परीक्षा प्रक्रियाबाट छनोटगरी ५८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो । त्यो संख्या अहिले घट्दै गएर १७० जनामा सीमित भएको छ।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड