सकियो नेपालको २०२२ वर्ल्डकप सपना, युएईसँग ६८ रनले पराजित
सकियो नेपालको २०२२ वर्ल्डकप सपना, युएईसँग ६८ रनले पराजित
ओमानमा भइरहेको टि-२० क्रिकेट विश्वकप क्वालिफायरमा सेमिफाइनलमा ६८ हारेपछि नेपालको सन् २०२२ को अष्ट्रेलियामा हुने टी २० क्रिकेट विश्वकप खेल्न नपाउने भएको छ।
आफ्नो समुहको सबै खेल जित्दै सेमिफाइनलको यात्रा तय गरेको नेपालले आजको खेल जितेर फाइनल पुगेको भए आफ्नो इतिहासमा दोश्रो पटक विश्वकप खेल्न पाउँथ्यो। तर युएईको अगाडि नेपाल बलिङ र ब्याटिङ दुबैमा चुक्यो।
टस हारेर फिल्डिङमा उत्रिएको नेपालले १७६ रनको लक्ष्य पाएको थियो जुन नेपालले १०७ रनमा अल आउट हुदै पूरा गर्न सकेन। बलिङमा जम्न नसकेको नेपाललाई युएईका कप्तान ए. राजाले ५ विकेट र मो. सिद्धिकीले ३ विकेट लिदै ब्याटिङमा समेत निस्तेज पारिदिए।