रंगशालामा भोलिको मौरिसस बिरुद्दको फुटबल खेलको तयारी सकियो, एक तिहाई दर्शकलाई मात्रै रंगशाला प्रवेश गराइने
रंगशालामा भोलिको मौरिसस बिरुद्दको फुटबल खेलको तयारी सकियो, एक तिहाई दर्शकलाई मात्रै रंगशाला प्रवेश गराइने
नेपाल र मौरिससबीच हुने दुई मैत्रीपूर्ण खेल भोलि र फेब्रुवरी १ मा हुँदैछ। खेलमा एक तिहाई दर्शक राखिने भएको छ।
नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक तिहाई दर्शक राखेर खेल गराउने निर्णय गरेको हो।
एन्फाले प्रतियोगिताका लागि भीआईपी प्यारापिटका लागि १ हजार र साधारण प्यारापिटका लागि ५ सय रुपैयाँ टिकट दर तोकेको छ।
प्रतियोगिताका दुवै खेलहरु साँझ पौने ५ बजे हुनेछन्। नेपालले शनिबार र मंगलबार गरेर दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
खेलको अघिल्लो दिन आज हामी त्यहाँ पुग्दा मैदान तयार गरिँदै थियो।