उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल आउँने
उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने भएका छन् । उनी केही हप्ताभित्रै नेपाल भ्रमणमा आउने बुझिएको छ ।
वीरगञ्ज - उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने भएका छन् । उनी केही हप्ताभित्रै नेपाल भ्रमणमा आउने बुझिएको छ ।
योगी दोस्रो पटक उत्तर प्रदेशको मुख्यमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा नेपाललाई रोजेको विश्वस्त स्रोतले जनाएको छ । उनले नेपाल भ्रमणको दौरान पशुपतिनाथ लगायत धार्मिक तीर्थस्थलको भ्रमण गर्नेछन् ।
योगीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा बनारसमा विशेष स्वागत गरेका थिए । देउवालाई काशी विश्वनाथको दर्शन समेत गराएका थिए । नेपालमा योगीको भ्रमणको मिति भने तय गरिएको छैन ।
तर, उनले नेपाल भ्रमणमा आएर महत्वपूर्ण सन्देश दिने बुझिएको छ । उनको नेपाल भ्रमण सुनेर हिन्दु विरोधी तत्वहरुमा छटपटी भईरहेको श्रोतले जनाएको छ । योगी आदित्यनाथ नेपाललाई पुन हिन्दु राष्ट्र बनाउँन पक्षमा रहेको जानकारहरु बताउँछन ।