Breaking News :

एडीबीको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

एडीबीको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

एडीबीको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

२३ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ (सन् २०२२) मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै एसियाली विकास बैंक (एडीबी) ले यस्तो प्रक्षेपण गरेको हो ।

एडीबीको यो प्रक्षेपण विश्व बैंकको प्रक्षेपणसँग मिल्छ । तर, नेपाल सरकारले भने बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको छ । यद्यपि सरकारको दोस्रो प्रक्षेपण भने सार्वजनिक भइसकेको छैन । तर, अर्थमन्त्री जनार्दन शर्माले भने तोकिएको लक्ष्य प्राप्त नहुने यसअघि नै स्वीकार गरिसकेका छन् । आउटलुटक एडीबीको समष्टिगत आर्थिक अपडेट समेटिएको मुख्य आर्थिक प्रकाशन हो ।

महामारीविरुद्ध खोप अभियान जारी रहेको, आर्थिक गतिविधिहरु क्रमशः सामान्य बन्दै गएका कारण समेत उक्त लक्ष्य प्राप्त हुने एडीबीले जनाएको छ । तर, युक्रेन–रुस युद्धका कारण विश्वव्यापी रुपमा आएको आर्थिक मन्दी, अवरुद्ध व्यापार प्रवाह, कच्चा तेल तथा अन्य वस्तुको मूल्यका कारण भने मुद्रास्फीतिमा चाप पर्ने एडीबीले उल्लेख गरेको छ । जसका कारण नेपालको भुक्तानी सन्तुलन र विदेशी मुद्रा संचितिमा थप दबाब पर्ने समेत एडीबीले जनाएको छ ।अघिल्लो वर्षायाममा परेको प्रचुर वर्षातका कारण धानको उत्पादन राम्रो हुने अपेक्षा गरिएको थियो । तर, अक्टोवर मध्यमा परेको बैमासमी वर्षा र बाढीले बालीमा क्षति पुर्‍याएको थियो । यसले धानको उत्पादनमा समेत ९ प्रतिशतले कमी ल्याएको एडीबीले उल्लेख गरेको छ ।

उपभोक्ता र लगानीकामो मागमा आधारमा यो वर्ष उद्योगको वृद्धि भने ४.१ प्रतिशत रहने अनुमान गरिएको छ । थोक र खुद्रा व्यापार, यातायात र वित्तीय सेवा सामान्य अवस्थामा रहेका कारण ५.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सन् २०२१ मा पर्यटनमा परेको नकारात्मक प्रभाव समेत यस वर्षबाट सुधार हुँदै जाने अपेक्षा गरिएको छ । दक्षिण एसियाली भेगमा श्रीलंका र नेपालको आर्थिक वृद्धिदर कमजोर रहने भएको छ । पुछारमा रहेको श्रीलंकाले २.४ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त गर्नेछ । सबैभन्दा धेरै माल्दिभ्सले ११ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नेछ । भारतले ७.५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने एडीबीले जनाएको छ ।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड