Breaking News :

आर्थिक संकट गहिरिएको बेला एकाएक राष्ट्र बैंककाल गभर्नर निलम्बन

आर्थिक संकट गहिरिएको बेला एकाएक राष्ट्र बैंककाल गभर्नर निलम्बन

नेपाल राष्ट्र बैंकका गभर्नर

नेपालमा आर्थिक संकट गहिरिँदै गएको बेला अकस्मात नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । मन्त्री र गभर्नरबीच पहिलेदेखि नै सम्वन्ध राम्रो थिएन्। अर्थतन्त्र र वित्तीय क्षेत्रमा संकट गहिरिँदै जानुमा गभर्नरको समेत भूमिका हुनसक्ने सरकारी पक्षको विश्लेषण रहँदै आएको थियो । आयातबाट राम्रो कमाई गर्दै आएका व्यापारीहरुको हात हुनसक्ने पनि अडकल गरिएको छ । अधिकारीले विदेशी मुद्राको संचितिमा परेको चाप कम गर्न र तरलता सहज बनाउन आयातमा कडाई गरेकै कारणबाट पद गुम्न पुगेको हुनसक्ने देखिन्छ। उनीमाथि लागेको आरोपबारे छानविन गर्न राष्ट्र बैंक ऐनकाअनुसार पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति पनि बनाइएको छ । समितिमा सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य छन् । समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड