जसपा वीरगंज महानगरका उपाध्यक्ष रुस्तम नेपाली कांग्रेसमा प्रवेश
कहिल्यै झुठो कुरा नगर्ने पार्टी भनेकै कांग्रेस रहेको नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले बताएका छन् ।
वीरगञ्ज - कहिल्यै झुठो कुरा नगर्ने पार्टी भनेकै कांग्रेस रहेको नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले बताएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १३ मा शनिबार पार्टी प्रवेश कार्यक्रममा उनले हरेक धर्म जाति र समुदायलाइ समेटेर हिड्ने पार्टी एक मात्र कांग्रेस रहेको बताए ।
“बिकासको कुरा गर्ने पार्टी कांग्रेस हो हाम्रो पार्टीले कहिल्यै झुठो कुरा गर्न सक्दैन, उनले भने ‘हामीले कहिल्यै हिन्दु मुस्लिम र मधेसी पहाडीको नाममा राजनिति गरेनौ तर विगतमा त्यस्तै कुरा गरेर मधेसी दलहरु अगाडी बढे ।”
जसपा र लोसपालाइ कटाक्ष हान्दै उनले भने मधेस आन्दोलनमा मधेसी महिलाहरु त घर घर बाट आन्दोलनमा ओर्लीए तर आज पार्टीले टिकट भने मधेसी दलका नेताहरुको श्रीमतिलाइ दिइरहेको छ ।
सो कार्यक्रममा उनले एमाले पार्टी पनि मधेस विरोधि पार्टी रहेको बताए । “ मधेस आन्दोलनमा गोली चलिरहदा केपि ओलीले भनेका थिए रुख बाट दुइ चार वटा आँप खस्दैमा केहि फरक पर्दैन आज त्यहि एमालेको पक्षमा यहाँका जनप्रतिनिधिहरु लागी परेका छन् ।” अहिले जनताको हित भन्दा पनि पार्टीको टिकटको लागी भागदौड चलिरहेको सभापति क्षेत्रीले बताए ।
शनिबार भएको पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका वीरगन्ज महानगरपालिका नगर उपाध्यक्ष शेख रुस्तम र वडा नं १३ का वडा सदस्य विगन देवी लगायत नेपाली कांग्रेसमा प्रवेश गरेका छन । सो कार्यक्रममा जसपा महानगर उपाध्यक्ष शेख रुस्तम जनता समाजवादी पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन ।
नेता रुसतमको नेतृत्वमा करिब २ सय जनाले जसपा परित्याग गरेर कांग्रेस प्रवेश गरेको दावि गरीएको छ । नव–प्रवेशीहरुलाई प्रमुख अतिथि नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री उपसभापति रामनारायण कुर्मी नेपाली कांग्रेसका नेता अनिल रुङ्गटा, सचिव इम्तियाज आलम ,अरबिन्द कुमार गुप्ता लगायतकाले पार्टीमा स्वागत गरेका थिए ।