युक्रेन रूससँग वार्ता गर्न अझै तयार छ : जेलेन्स्की
उनले रूसी नेता भ्लादिमिर पुटिन अझै आक्रमण गर्ने मनसायमा रहेको बताए।
युक्रेन मस्कोसँग वार्ता जारी राख्न अझै तयार रहेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार बताएका छन्। किभ नजिकै बुचा र अन्य क्षेत्रमा भएको रुसी आक्रमणपछि रोकिएको वार्तालाई जारी राख्न युक्रेन निरन्तर लाग्ने जेलेन्स्कीले बताए।
बुचाको भ्रमण गरेका अष्ट्रियाका चान्सलर कार्ल नेह्यामरसँगको पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, 'युक्रेनले सधैँ वार्ताका लागि तयार छ। यो युद्ध रोक्ने उपायको खोजी गरिरहेको छ।'
दुई पक्षबीच मार्च २९ मा अन्तिम पटक प्रत्यक्ष वार्ता भएको थियो। सो क्रममा रुसले आक्रमण कम गर्ने सम्झौता भएको थियो। तर वार्तपछि पनि रुसले आक्रमण कम नगरी अझ बढाएको आरोप लगाएका छन्।
जेलेन्स्कीले भने, 'पूर्व र दक्षिणमा हामीले हाम्रो इलाकाको अर्को भागमा कब्जा गर्न तयार भएका हतियार, उपकरणसहित फौजहरू देखेका छौं। रूसी आक्रमणको नतिजा युक्रेनको शक्ति,साझेदारहरूले युक्रेनलाई कति चाँडो हतियार आपूर्ति गर्छन् भन्नेमा निर्भर हुन्छ।'
उनले रूसी नेता भ्लादिमिर पुटिन अझै आक्रमण गर्ने मनसायमा रहेको बताए।
रासस