Breaking News :

खुमलटार र चर्च ब्वाइज ए डिभिजनमा उक्लिए

खुमलटार र चर्च ब्वाइज ए डिभिजनमा उक्लिए

खुमलटार र चर्च ब्वाइज बी डिभिजन बाट ए डिभिजनमा उक्लिएका छन्।

बी डिभिजन लिग अन्तर्गत आइतबार सामाजिक युथ क्लबलाई २–१ गोल अन्तरमा हराउँदै खुमलटार ए डिभिजनमा उक्लिएको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खुमलटार युथका लागि सविन केसीले गोल गर्दा सामाजिकका लागि सुरेश खत्रीले गोल गरे। सामाजिकका विकास लिम्बुले आत्मघाती गोल गरे। 

खेलको १४ औं मिनेटमा सविनको गोलमा खुमलटारले सुरूआती अग्रता लिएको थियो।

पहिलो हाफसम्म १-० ले पछि रहेको सामाजिकले ५७ औं मिनेटमा सुरेश खत्रिले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

तर, खेलको इन्जुरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल उपहार दिएपछि खुमलटारले खेल २-१ को जितेको हो।

यो महत्वपूर्ण जितसँगै खुमलटार ‘बि’ लिगको दोस्रो स्थानमा रहदै शीर्ष डिभिजनमा उक्लिएको हो।

२०६१ सालमा स्थापना भएको खुमलटार पहिलो पटक ए डिभिजन लिगमा उक्लिएको हो ।

खुमलटारले लिगमा १३ खेलबाट २२ अंक जोड्दै दोस्रो स्थानमा रह्यो। समान अंक रहे पनि रानीपोखरी कर्नर टिम (आरसिटी) हेड टु हेडमा खुमलटारसँग पछि पर्‍यो।

यसअघिनै बी डिभिजन च्याम्पियन बन्दै चर्च ब्वाइज युनाइटेड ए डिभिजनमा बढुवा भइसकेको छ। उसले २९ अंक जोड्यो।

आइतबारनै भएको अर्को खेलमा आरसिटीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो।

यदि आज टुसाललाई हराएको भए आरसीटी ए डिभिजनमा बढुवा हुने थियो।

पराजित सामाजिक युथ क्लब झम्सिखेलसँगै सी डिभिजनमा घटुवा भएको छ। 

१४ टोली सहभागी बी डिभिजन लिगबाट शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा भएका हुन् भने पुछारका दुई क्लब सी डिभिजनमा घटुवा भएका हुन्।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड