Breaking News :

बिबिसी मास्टर सेफ सन्तोष साहसहितको टोलीलाई पर्यटन बोर्डको सम्मान

बिबिसी मास्टर सेफ सन्तोष साहसहितको टोलीलाई पर्यटन बोर्डको सम्मान

बिबिसी मास्टर सेफ सन्तोष साहसहितको टोलीलाई पर्यटन बोर्डको सम्मान गरेको छ।

नेपाल पर्यटन बोर्डले ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई सम्मान गरेको छ। 

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमकाबीच मास्टर सेफ सन्तोष साहसहित सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतलाई सम्मान गरिएको हो।

बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछानेलगायतले सेफ टोलीलाई सम्मान गरेका थिए।     

बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले सन्तोष शाहले नेपाली पकवानलाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए।

‘नेपाललाई पर्यटन गन्तव्यका हिसाबले पर्यटकले सुन्दर गन्तव्यका रूपमा नै हेर्ने गरेका छन्। तर मास्टर सेफ सन्तोष साहले नेपाली खाना\परिकारलाई विश्वसामु पस्किएपछि नेपाल पकवान पर्यटनका हिसाबले पनि महत्वपूर्ण गन्तव्य हो भन्ने सन्देश गएको छ,’ रेग्मीले भने, ‘सन्तोष सहित टिमका सहभागी अन्य सेफको आगमन र नेपाल भ्रमणले समेत नेपाली पकवान र पर्यटनलाई थप टेवा पुर्‍याएको भन्दै उनीहरूलाई पनि बोर्डले सम्मान गरेको हो।’

सेफ सन्तोष साहले नेपाली खानालाई विश्वमञ्चमा पुर्‍याउन पाउँदा आफूलाई गर्व लागेको बताए।

उनले नेपालको पर्यटन विकासका लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति, पकवान सबैको उत्तिकै महत्व रहेको बताए।

उनले आफ्नो साथमा आएको टिमलाई पुनःनेपाल आउन र आफैँ फेरि नेपाललाई नजिकबाट अनुभव गर्न पनि आग्रह समेत गरे।

प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड-१९ महामारी पछिको पर्यटन पुनरूत्थान अभियानअन्तर्गत आयोजना गरेको ‘मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल’नामक कार्यक्रमका लागि सेफ सन्तोष साहसहितको टोली अप्रिल ७ तारिखदेखि नेपाल भ्रमणमा आएका हुन्।

रासस

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड