निर्वाचनमा उम्मेदवारी दिन के-के कागजात चाहिन्छ त?
स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन के-के कागजात आवश्यक पर्छ?
वीरगञ्ज - आगामी वैशाख ३० गतेका लागि देशभर स्थानीय तहको निर्वाचनको मिति तोकिएको छ । तर आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन के-के कागजात आवश्यक पर्छ? निर्वाचन आयोगले यसबारे जानकारी दिएको छ ।
आयोगका अनुसार वडाअध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चार चिजको आवश्कता पर्ने उल्लेख गरेको छ ।
आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित वडाको मतदाता मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, उम्मेदवारीको स्वघोषणा आवश्यक पर्नेछ ।
निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले आवश्यक तयारी द्रूत गतिमा गरिरहेको छ ।
राजनीतिक दलहरु र आकांक्षी उम्मेदवारहरु पनि चुनावी अभियानमा होम्मिसकेका छन् ।