Breaking News :

तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको खुद नाफा सामान्य बढ्यो, कुन बैंककाे नाफा कति?

तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको खुद नाफा सामान्य बढ्यो, कुन बैंककाे नाफा कति?

तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको खुद नाफा सामान्य बढ्यो, कुन बैंककाे नाफा कति?

हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। प्रकाशित विवरण अनुसार समग्रमा बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २७ बैंकहरुले कुल ५१ अर्ब १ करोड ७८ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.५४ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा यी बैंकहरुले ५० अर्ब ७४ करोड २५ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए।

 

सर्वाधिक नाफा कमाउने ग्लोबल आइएमई

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा २७ बैंकहरुमध्ये ग्लोबल आइएमई बैंक (GBIME) ले सबैभन्दा बढी नाफा आर्जन गरेको छ। सो बैंकले चैत मसान्तसम्ममा ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। तर, यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१३ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५७ करोड नाफा कमाएको थियो।

दोस्रो स्थानमा भने एनआईसी एशिया बैंक (NICA) रहेको छ। एनआईसी एशियाले सो अवधिसम्ममा ३ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९६ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सर्वाधिक नाफा कमाएको नबिल बैंक (NABIL) भने अहिले तेस्रो स्थानमा झरेको छ। नबिललाई ग्लोबल आइएमई र एनआईसी एशिया बैंकले उछिनेको छ।

सो अवधिसम्ममा सबैभन्दा कम नाफा कमाउने बैंक, लक्ष्मी बैंक (LBL) बनेको छ। लक्ष्मी बैंकले पहिलो ९ महिनासम्ममा ८५ करोड ८९ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब २८ करोड कमाएको यस बैंकको नाफा ३३.३१ प्रतिशत घटेको हो।

 

वृद्धिदरका आधारमा सेञ्चुरी कमर्सियल बैंक अगाडि

रकमका आधारमा सर्वाधिक नाफा कमाउने ग्लोबल आइएमई भए पनि सबैभन्दा बढी नाफा बढाउने बैंक भने सेञ्चुरी कमर्सियल बैंक (CCBL) रहेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सबैभन्दा कम अर्थात ३५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १८३.५९ प्रतिशत नाफा बढाउन सफल भएको छ। बैंकले चैत मसान्तसम्ममा १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

सबैभन्दा कम नाफा बढ्ने बैंक भने एभरेष्ट बैंक (EBL) रहेको छ। समीक्षा अवधिमा एभरेष्टको नाफा ०.५९ प्रतिशत मात्र बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५१ करोड नाफा कमाएको छ।

 

१२ बैंकको नाफा घट्यो

समीक्षा अवधिमा १२ वाणिज्य बैंकहरुको खुद नाफा घटेको छ। जसमध्ये लक्ष्मी बैंकको नाफा सबैभन्दा बढी घटेको छ भने कुमारी बैंकको थोरै मात्र घटेको छ।

समीक्षा अवधिमा लक्ष्मी बैंकको नाफा ३३.३१ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको सो बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ८५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यसैगरी, गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ रहेको कुमारी बैंकको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ०.३२ प्रतिशत घटेर १ अर्ब ८० करोड २७ लाखमा झरेको छ।

मेरोलगानी

 

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड