Breaking News :

दुई वर्षपछि भौतिक रूपमा एसईई, आजदेखि सुरु

दुई वर्षपछि भौतिक रूपमा एसईई, आजदेखि सुरु

दुई वर्षपछि भौतिक रूपमा एसईई, आजदेखि सुरु

९ वैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु हुँदैछ । परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी हुँदैछन् ।

कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गर्न लागेको हो । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।

यस वर्ष कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्। 

जसमध्ये नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ। 

प्राविधिकतर्फ मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।

बोर्डका अनुसार परीक्षा सञ्चालनको जिम्मा प्रदेशले पाए पनि प्रश्नपत्र निर्माण र नतिजा प्रकाशन भने बोर्डबाटै हुनेछ। प्रदेशले उत्तर पुस्तिका परीक्षण, टेबुलेसन, उत्तरपुस्तिका संपरीक्षण गर्नेछ।

बोर्डले यस वर्षदेखि १४ वर्ष उमेर पुगेकाले मात्र एसइई परीक्षा दिन पाउने व्यवस्था पनि हटाएको छ। अब जतिसुकै उमेरकालेरी परिक्षा दिन पाउनेछन्। यसअघि १४ वर्ष उमेर पुगेकाले मात्रै परीक्षा दिन पाउने व्यवस्था थियो।

प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्तांक पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर नतिजा प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । बोर्डले आगामी साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएको अध्यक्ष शर्माको भनाइ छ ।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड