Breaking News :

उचाइको मापदण्ड घटाइएपछि मिस नेपालमा आवेदन दिने सुन्दरीको घुइँचो

उचाइको मापदण्ड घटाइएपछि मिस नेपालमा आवेदन दिने सुन्दरीको घुइँचो

उचाइको मापदण्ड घटाइएपछि मिस नेपालमा आवेदन दिने सुन्दरीको घुइँचो हुन थालेको छ।

काठमाडौं । मापदण्डमा परिमार्जन गरिएपछि मिस नेपालमा भाग लिन चाहने युवतीको संख्यामा ह्वात्तै वृद्धि भएको छ । आयोजक द हिडन ट्रेजरका अनुसार बिहीबार दिउँसोसम्म ७०० जना सुन्दरीले आवेदन दिएका छन् ।

कम्पनी निर्देशक प्रमोद कंसाकारका अनुसार उचाइ र उमेरको मापदण्डमा परिमार्जन गरिएपछि भाग लिन चाहने सुन्दरीको संख्यामा वृद्धि देखिएको हो । यसपटक वैशाख ३१ गतेसम्म आवेदन सकिनेछ ।

प्रतियोगीको उचाइ एक इन्च घटाएर ५ फिट ३ इन्च तोकिएको छ । उमेर पनि १८ वर्षदेखि २७ वर्ष कायम गरिएको छ । उचाइ र उमेरको मापदण्डमा हिडन ट्रेजर लचिलो भएपछि सुन्दरीको आकर्षण मिस नेपालमा देखिएको हो ।

‘यसपटक मापदण्डमा हामी लचिलो भएपछि आवेदन दिनेको संख्यामा वृद्धि भएको पाएका छौं,’ कंसाकारले अनलाइनखबरसँग भने, ‘किनभने यसअघिका संस्करणमा उमेर र हाइटको बन्देजले धेरैले इच्छा भएर पनि अप्लाइ गरेका थिएनन् । यसपटक भने सजिलो भएको छ ।’

पोखरा र वीरगञ्जमा अडिसन सम्पन्न भइसकेको छ भने नेपालगञ्ज, सुर्खेत, धनगढी र धरानमा अडिसन हुने तयारी छ । आगामी असार ४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा मिस नेपालको ग्रान्ड फिनाले हुँदैछ ।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड