Breaking News :

बिकास समृद्धको सपना बाँडेर भ्रष्टाचारमा लिप्त व्यक्तिलाई तह लगाउनुपर्ने सांसद यादवको भनाई

बिकास समृद्धको सपना बाँडेर भ्रष्टाचारमा लिप्त व्यक्तिलाई तह लगाउनुपर्ने सांसद यादवको भनाई

भ्रष्टाचारीहरुको पत्ता साफ गरेर सही व्यक्तिलाई मतदान गर्न सांसद यादवको आग्रह

वीरगञ्ज, १७ वैशाख । वीरगञ्जका सोनार समाजले गठबन्धनका उम्मेदवारहरुलाई पूर्ण बहुमतका साथ जिताउन आह्वान गरेका छन् । 

शनिवार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित सोनार समाजले गठबन्धनका उम्मेदवारलाई जिताउने उद्घोष गरेका हुन् । 

नेपाल सुन चाँदी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन सर्राफ तथा स्थानीय व्यवसायी रामरतन सर्राफको संयुक्त आयोजनामा भएको कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रमुख अतिथि रहेका थिए ।  

कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादवले वीरगञ्जका जनता अब विकासका लागि सचेत हुनुपर्नेमा जोड दिए । वीरगञ्जमा अहिले कुनै विकास नभएकोमा आक्रोश पोख्दै अब महानगरको बागडोर सम्हाल्ने व्यक्ति परिवर्तन भएपछि मात्रै वीरगञ्ज पनि परिवर्तन हुने बताए । बिकास र समृद्धिका सपना बाँडेर भ्रष्टाचार र कमिशनमा लिप्त भएका व्यक्ति फेरी भ्रष्टाचार गर्नका लागि पदमा आउन कसरत गरीरहेको हुँदा त्यस्ता व्यक्तिलाई तह लगाउनुपर्ने सांसद यादवको भनाई छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभुत विषयमासमेत भ्रष्टाचार गरेको हुँदा अब सही व्यक्तिलाई नेतृत्वमा लिएर भ्रष्टाचारको भण्डाफोर गर्ने यादवले बताए । 

त्यसैगरी वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार राजेशमान सिंहले निरन्तर जनताको माझमा भिजेको व्यक्तिले नै जनताको समस्यालाई बुझ्न सक्ने बताए । उनले भने, ‘वीरगञ्जको विकास र कायापलटका लागि यहाँका समस्याहरुसँग नजिकबाट परिचित व्यक्ति नै नेतृत्वमा पुग्नुपर्छ । यो निर्वाचनमा सबैले सोचेर मत दिनुहुनेछ भन्ने विश्वास छ ।’ 

त्यसैगरी उपमेयरका उम्मेदवार इम्तियाज आलमले विगतमा गरिएको गल्तीलाई अब सच्याउने बेला आएको बताए ।  

रामरतन सर्राफको अगुवाईमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का निवर्तमान वडाअध्यक्ष बैजु स्वर्णकारले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंह र उपमेयरका इम्तियाज आलमलाई जिताउनका लागि गतिविधि बढाउने पनि सोनार समाजले बताएका छन् ।

Dipu Barnawal

Dipu Barnawal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड