Breaking News :

तीन दिनदेखि बेपत्ता महिलाको शव गाडेको अवस्थामा फेला

तीन दिनदेखि बेपत्ता महिलाको शव गाडेको अवस्थामा फेला

तीन दिनदेखि बेपत्ता महिलाको शव गाडेको अवस्थामा फेला परेको छ।

इलाममा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ।

इलाम नगरपालिका–८ सिङफ्रिङमा शव गाडेको अवस्थामा शनिबार फेला परेको हो।

तीन दिनदेखि बेपत्ता स्थानीय अन्दाजी ३१ वर्षीय बिनिता काफ्लेको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

महिला हराएपछि आफन्त र स्थानीयले खोजी गर्न थालेका थिए। खनेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले शव माटोले छोपिएको देखिएको बताए। उनले पुरिएको शव निकालेको बताए।

हत्या गरेर गाडेको प्रहरीले शङ्का गरेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

बिनिताको श्रीमानको दुई वर्षअघि विदेशमा मृत्यु भएको परिवारको भनाइ छ।

उनीहरूको चार वर्षीया एक छोरी रहेको बताइएको छ। घटना कसरी भयो भन्ने विषयमा इलाम प्रहरीले अनुसन्धान गर्ने इलामका प्रहरी प्रमुख श्रेष्ठले बताए।

रासस

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड