गल्छीमा टोलटोलमा पुगेर भोट माग्दै एमाले (फोटोफिचर)
चुनाव आउन केही दिन मात्रै बाँकी रहँदा उमेदवार टोलटोलमा पुगेर भोट माग्दै छन्।
१९ वैशाख, धादिङ । नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चुनावी अभियान तीब्र बनाएको छ ।
एमालेबाट गल्छी गाउँपालिका ४ का अध्यक्षका उम्मेदवार जयराम अधिकारी टोलटोलमा भोट माग्न व्यस्त बनेका छन् । चुनाव आउन अब ११ दिन बाँकी रहदा एमालेले पालिकाको आठ वटै वडामा चुनावी अभियान तीब्र बनाएको हो । एमालेबाट उम्मेदवार जयराम अधिकारी ले आगामी निर्वाचनमा आफ्नो पार्टीको जित हुने दावी गरे । उनले भने," एमालेप्रति जनताको विश्वास छ सांगठनिक रुपमा पनि हामी बलियो छौ, जित्नेमा कुनै शंका नै छैन ।"