वडाबासीको घरदैलोमा पुगेर भोट माग्दै गुप्ता
वडाबासीको घरदैलोमा पुगेर भोट माग्दै गुप्ता
वीरगञ्ज - वीरगञ्ज महानगरपालिका वडा नम्बर १ को वडाअध्यक्षका उम्मेदवार ओमप्रकाश गुप्ता (ओम्मी) ले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाअध्यक्षमा उम्मेदवारी दिएका गुप्ताले वडाबासीसँगको भेटघाटलाई तिव्रता दिएका हुन् ।
विगतमा आफु वडा सदस्य रहेका बेला आफुले वडा नम्बर १ का जनताको हरेक सुखदुखमा साथ दिएको स्मरण गराउदै उनले वडा अध्यक्षमा निर्वाचित भएर वडालाई समृद्ध बनाउने बताएका छन् ।
बिहीबारको घरदैलो कार्यक्रममा काँग्रेसका पुर्वनगरसभापति भोला प्रसाद कलवार , बुथ सभापति विजय सहनी , वडा सदस्यका उम्मेदवार कन्हैया साह कानु , नूरआलम मिया मन्सरी , महिला सदस्य रितादेवी कलवारीन् , दलित महिला सदस्य शीव कुमारी देवी तत्वाको पनि सहभागीता रहेको थियो ।