विष्णुपुर गाउँपालिका ७ मा भोलिदेखि घरदैलो अभियान सुरु
विष्णुपुर गाउँपालिका ७ मा भोलिदेखि घरदैलो अभियान सुरुहुने भएको छ।
सप्तरी, वैशाख २३ । देशभरी नै स्थानिय तहको निर्वाचनअगामी बैशाख ३० गते हुन गइरहेको छ ।निर्वाचनको समय नजिकदै जाँदा विभिन्न पदका उम्मेदवारहरु चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् ।
नेकपा एमाले सप्तरी जिल्ला विष्णुपुर गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष उमेद्वार अवकास प्राप्त शिक्षक महेन्द्र लाल मण्डल लगायत पनि वडाको प्रतिबद्धता सार्वजनिक गरेका छन् भने भोलिदेखि घरदैलो अभियान सुरु गरिने बताएका छन्।