Breaking News :

तूफान अंसारीलाई जिताउन वडा वासिको अभियान

तूफान अंसारीलाई जिताउन वडा वासिको अभियान

तूफान अंसारीलाई जिताउन वडा वासिको अभियान

वीरगञ्ज - वीरगञ्ज महानगरको वडा नं १३ बाट जसपाबाट वडा अध्यक्षको उम्मेदवार तूफान अंसारीलाई जिताउन वडा वासिको अभियान सुरुभएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर १३ बाट जसपा नेपालको तर्फबाट उम्मेदवार रहेका तूफान अंसारीले मुर्ली, राधेमाई, तेजारा टोलमा घर दैलो कार्यक्रम गरेका छन ।
दिउसो मतदाताहरुको बिचमा पुगेर आफुले विगतमा गरेको कामको उपलब्धी बताउदै आउने दिनमा थप प्रभावकारी काम गर्ने भन्दै दोश्रो कार्यकालको लागि आफुलाई जिताउनको लागि मतदाताको घर घरमा गएर अपिल गरेका छन । अंसारीले आफु वीरगंजको वडा नम्बर १३मा कोरोना सहितको काममा धेरै काम गरेको बताउदै आफुलाई विगतमा गरेको कामको मुल्यांकन गर्दै मत दिन आग्रह गर्नु भयो । 
अंसारीले कोरोनाको काममा गरिव विपन्नहरुको लागि राहत देखि खाना सम्मको प्रबन्ध गरेको बताउदै हरेक कठिन समयमा आफु जनताको पक्षमा उभेको बताउनुभयो । अंसारीले जाडोको समयमा आफुले चौक चौकमा दाउरा सहितको प्रबन्ध रहेको बताउदै जनताको हरेक सुख दुखमा आफुले क्षमता सम्मको सहयोग गरेको बताउनुभयो ।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड