Breaking News :

वार्ड नं १३ को नमूना वडाको रुपमा विकास गर्नेछु – तूफान अंसारी

वार्ड नं १३ को नमूना वडाको रुपमा विकास गर्नेछु – तूफान अंसारी

वार्ड नं १३ को नमूना वडाको रुपमा विकास गर्नेछु – तूफान अंसारी

वीरगञ्ज  वैशाख २७ ।  वीरगञ्ज महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष पदका उम्मेदवार तूफान अंसारीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
जसपाबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका अंसारीले घरदैलोको क्रममा वडाको विभन्न टोलमा घुम्दा वडाबासी आफ्नो पक्षमा रहेको दावी गरेका छन् ।

उनले वडाको हरेक घरमा जाँदा तिनीहरुको समस्या बुझ्दा तिनीहरुले पछिल्लो कार्यकालमा कुनै किसिमको विकास निर्माणको काम नभएकाले जनता आजित भएको र आफ्नो मिसन र भिजन देख्दा तिनीहरु आफ्नो पक्षमा मत खसाल्न आतुर रहेको दावी गरे ।

अंसारीले आफु शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सरसफाई लगायतका एजेण्डा सहित चुनावमा होमिएका छन् । उनले आफु निर्वाचित भएको पहिलो वर्ष देखि नै वडामा विकासको जग बसाल्ने र प्रदेशकै नमूना वडाको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड