Breaking News :

६ वटै महानगरपालिकाको मतगणना आजबाट सुरू हुँदै

६ वटै महानगरपालिकाको मतगणना आजबाट सुरू हुँदै

६ वटै महानगरपालिकाको मतगणना आजबाट सुरू हुँदै

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा कतिपय स्थानमा सार्वजनिक भइसकेको छ भने धेरै ठाउँमा आजबाट मतगणना हुँदै छ ।

त्यस्तै  ६ महानगरपालिकाको मतगणना भने आजबाट सुरू हुँदै छ । महानगरपलिकाको मतगणना आजबाट सुरु गर्नेगरी सर्वदलीय बैठकबाट सहमति जुटेको हो । 

काठमाडौं महानगरपालिकाको मतगणना बिहान ८ बजेबाट राष्ट्रिय सभागृहमा सुरु हुँदै छ । त्यस्तै चितवनको भरतपुर महानगरपालिकाको मतगणना पनि आज बिहान ९ बजेबाट सुरू गर्ने सर्वदलीय सहमति जुटेको छ भने विराटनगर महानगरपालिकाको पनि बिहान ८ बजेबाट मतगणना हुँदै छ ।

त्यस्तै ललितपुर महानगरपालिकाकाे पनि ८ बजे मात्रै मतगणना गर्ने निर्णय भएको छ । त्यस्तै पोखरा महानगरपालिकाको मतगणनाका लागि बिहान ७ बजे सर्वदलीय बैठक डाकिएको  छ । उता, वीरगञ्ज महानगरपालिकाको मतगणना पनि आजैबाट सुरु हुने बताएको छ ।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड