Breaking News :

भारतले फेरि पेट्रोलियम पदार्थको मूल्य सूची बढाएर पठायो

भारतले फेरि पेट्रोलियम पदार्थको मूल्य सूची बढाएर पठायो

भारतले फेरि पेट्रोलियम पदार्थको मूल्य सूची बढाएर पठायो

काठमाण्डौ – नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । 

प्रत्येक १५ दिनमा मूल्य सूची पठाउँदै आएको आईओसीले नयाँ मूल्य सूची पठाएको हो । योसँगै निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर एक सय ९२ दशमलव ९४ रुपैयाँ पुगेको छ । यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर एक सय ८४ दशमलव ०२ रुपैयाँमा थियो ।

यस्तै डिजलको खरिद मूल्य एक सय ८८ दशमलव ३३ पुगेको छ भने मट्टीतेलको खरिद मूल्य एक सय ४० रुपैयाँ ३६ पैसा पुगेको छ । 

निगमले जारी गरेको विज्ञप्तिमा भारतीय निगमले पठाएको मूल्य सूचीअनुसार नयाँ खरिद लागतअनुसार प्रतिलिटर पेट्रोलमा २२ रुपैयाँ ९४ पैसा र डिजलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको जनाइएको छ । 

दुई दिनअघि मात्रै निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको थियो ।  

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड