Breaking News :

वैज्ञानिक समायोजन प्रणाली अनुसार सरकारले बढायो सार्वजनिक सवारीको भाडा

वैज्ञानिक समायोजन प्रणाली अनुसार सरकारले बढायो सार्वजनिक सवारीको भाडा

सरकारले सार्वजनिक सवारीको भाडा फेरि बढाएको छ।

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएसँगै सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ। 

अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीमा यात्रुबाहक तर्फ ३.५ प्रतिशत भाडा बढाएको छ। पहाडी बाटोमा गुड्ने मालबाहकमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाएको हो। 

इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था छ। नेपाल आयत निगमले गत शनिबार इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाएसँगै भाडा समायोजन भएको हो। 

समायोजन भएको भाडा भोलिदेखि लागू हुने विभागले बताएको छ। 

 

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड