वीरगञ्जको मेयरमा सरावगी, राजेशमान भन्दा ६८ सय मतले पछाडि
वीरगञ्जको मेयरमा सरावगी, राजेशमान भन्दा ६८ सय मतले पछाडि
वीरगञ्ज, ४ जेठ । वीरगञ्ज महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले मतान्तरलाई फराकिलो बनाउँदै गएका छन् ।
नेकपा एमालेका निवर्तमान मेयर बिजय कुमार सरावगी ६ हजार ८ सय ७५ मतले सिंहभन्दा पछाडी छन् ।
वीरगञ्ज महानगरपालिकाका १२ वटा वडाको २६ हजार ६ सय ९९ मत गणना गर्दासम्म सिंहले १३ हजार ८ सय ७८ मत पाएका छन् । एमालेका सरावगीले ७ हजार ३ मत पाएका छन् ।
५ हजार ९ सय ४८ मत बदर भएको छ भने २० हजार ७ सय ५१ मत सदर भएको छ ।