नवनिर्वाचित वडा अध्यक्ष गिरीले जिम्मेवारी सम्हाले
नवनिर्वाचित वडा अध्यक्ष गिरीले जिम्मेवारी सम्हाले
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३का वडा अध्यक्ष हीरा गिरीले बिधिवत रुपमा पदभार सम्हालेका छन ।
आज बिहान वैदिक बिधि अनुसार पुजा अर्चना गरी वडा अध्यक्ष गिरी सहित वडा सदस्य जुबेदा खातुन,पूनम देवी,कमरूदीन अंसारी र लाल महमदले पदभार सम्हालेका हुन ।
हिजो बिहिबार महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहबाट सपथ खाएका नवनिर्वाचित वडा अध्यक्ष गिरीले आज शुक्रबार वडा कार्यालयमा पुगेर जिम्मेवारी समालेका हुन् ।
वडाकाे समग्र विकास, जनताको माग र आवश्यकताको आधारमा काम गर्ने वडा अध्यक्ष गिरीले बताए।