पोखरा विमानस्थलमा ‘रिफ्युलर’ गाडी पल्टियो, उडान प्रभावित
पोखरा विमानस्थलमा ‘रिफ्युलर’ गाडी पल्टियो, उडान प्रभावित
पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ गाडी पल्टिएको छ। मंगलबार बिहान बुद्ध एयरका लागि तेल हाल्न जानेक्रममा विमानस्थलमै ‘रिफ्युलर’ गाडी पल्टिएको विमानस्थल स्रोतले जनाएको छ।
आयलनिगमको डिपोबाट विमानस्थल आउने क्रममा विमानस्थल परिसरभित्र ‘रिफ्युलर’ गाडी पल्टिएको हो।
गाडी पल्टिएपछि क्रेनको सहायताले हटाउन लागिएको छ। अहिले उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ।