Breaking News :

'आइस्पानले भन्यो देशभर इन्टरनेट बन्द हुनसक्छ'

'आइस्पानले भन्यो देशभर इन्टरनेट बन्द हुनसक्छ'

'आइस्पानले भन्यो देशभर इन्टरनेट बन्द हुनसक्छ'

इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आइस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने बताएको छ।

पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरूमा बिजुली काटिने क्रम बढेको भन्दै आइस्पानले इन्टरनेट काटिन सक्ने बताएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले हिजो कम्पनीहरूलाई कक्षा १२ को परीक्षा अवधिमा इन्टरनेट अवरोध नहुने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। तर अवरोध हुन नदिन असमर्थ रहेको सेवा प्रदायकले बताएका हुन्।

नेपाल विद्युत प्राधिकरणका क्रियाकलापले देशभर इन्टरनेट बन्द हुने स्थिति उत्पन्न गरेको छ,’ आइस्पानले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ, ‘१२ कक्षाको वार्षिक परीक्षा सञ्चालनमा असर पार्ने हुँदा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विज्ञान प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउँछौं।’

विद्युत कटौतीका कारण शिक्षा, स्वास्थ्य बैंक तथा वित्तीय क्षेत्र, उद्योग लगायत संवेदनशील क्षेत्रमा इन्टरनेट सेवा प्रवाह अवरुद्ध हुनसक्ने स्थिति आएको बताइएको छ।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड