एक साताअघि नै पूर्वतिरबाट नेपाल आइपुग्यो मनसुन
एक साताअघि नै पूर्वतिरबाट नेपाल आइपुग्यो मनसुन
यस वर्षको मनसुन नेपाल आइपुगेको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जानकारी दिएको छ।
यसपालि मनसुन एक साताअघि नै नेपाल आएको हो।
‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७९/०२/२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ। यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको देखिन्छ,’ महाशाखाले भनेको छ,‘नेपालको अन्य भू-भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ।’
बंगालको खाडीबाट होइन सोमालियादेखि आउँछ नेपालमा मनसुन
म्यानमार र दक्षिण एसियाका सात मुलुकले देशको अर्थतन्त्र चलाउन आ-आफ्नै अर्थमन्त्री नियुक्त गर्छन्। तीमध्ये केहीले अर्थतन्त्रलाई उभो लगाउँछन्, केहीले अर्थतन्त्रमा कुनै सुधार ल्याउन सक्दैनन्। कहिलेकाँही बिगार्छन्।
केही वर्षमा यी मुलुकका अर्थमन्त्री फेरिइरहन्छन्। तपाईंलाई थाहा छ, यो क्षेत्रमा कहिल्यै पनि नफेरिने अर्थमन्त्री पनि छ। जसले बजेट भाषण गर्दैन तर यो क्षेत्रका सबै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्छ।
युगौंदेखि निरन्तर आफ्नो जिम्मेवारी बहन गरिरहेको यो अर्थमन्त्री हो- मनसुन। जुन यसपालि पनि दक्षिण भारतमा आइसकेको छ। एक दुई दिनमा नेपाल पस्नेछ।
नेपालको सन्दर्भमा त अर्थमन्त्रीभन्दा बढी भूमिका मनसुनको हुन्छ।
नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत छ। त्यसैले नेपाली अर्थतन्त्रको वृद्धिदर धेरै हदसम्म मनसुनले नै निर्धारण गर्छ। मनसुन समयमै आए बालीनाली सप्रिन्छ। खाद्यान्न उत्पादन बढ्छ। त्यसले देशको कुल ग्राहस्थ उत्पादन बढाउँछ।
मनसुनले बालीनालीको उत्पादकत्वमात्र बढाउँदैन धेरै पानी पर्दा कुलेखानीजस्ता बाँधयुक्त आयोजनामा पानी भरिन्छ। रनअफ दी रिभरमा चल्ने आयोजनामा पनि बिजुली धेरै निस्कन्छ। बिजुली भयो भने कलकारखानाले धेरै उत्पादन गर्छन्। अर्थतन्त्र चलायमान हुन्छ।
यति महत्वपूर्ण भूमिका भएको मनसुन नेपालमा आइपुग्छ कहाँबाट?
धेरैले भन्छन्- बंगालको खाडीबाट आउँछ।
यो सतप्रतिशत सही होइन। बंगालको खाडीबाट होइन, त्यहाँ हुँदै नेपाल आउने हो मनसुन। बंगालको खाडी आइपुग्नुअघि मनसुनले हजारौं किलोमिटर यात्रा पार गर्छ। भूमध्यरेखामा पर्ने पूर्वीअफ्रिकी मुलुक सोमालियाबाट सुरू हुन्छ, नेपाल आइपुग्ने मनसुन।
त्यसपछि नेपाल आइपुग्न मनसुनलाई झन्डै दुई साता लाग्छ।
सेतोपाटी