पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ-नारायणगढ सडक अवरूद्ध
पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ-नारायणगढ सडक अवरूद्ध
पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ-नारायणगढ सडक अवरूद्ध भएको छ।
मुग्लिङ-नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो।
यस्तै मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक अवरूद्ध भएको छ। बिहान करिब ४ बजेतिर पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।
पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।
गए रातिदेखि नै यात्रुहरू सडकमा रोकिएका छन्।