Breaking News :

भारत निर्यात हुन थाल्यो नेपाली सिमेन्ट, परीक्षणका लागि तीन ट्रक पठाइयो

भारत निर्यात हुन थाल्यो नेपाली सिमेन्ट, परीक्षणका लागि तीन ट्रक पठाइयो

भारत निर्यात हुन थाल्यो नेपाली सिमेन्ट, परीक्षणका लागि तीन ट्रक पठाइयो

२४ असार,काठमाडौं । नेपालबाट भारतमा सिमेन्ट निर्यात हुन थालेको छ । पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले उत्पादित सिमेन्ट भारतमा निर्यात गरेको हो ।

शुक्रबार एक समारोह गर्दै पाल्पा सिमेन्टले ‘तानसेन’ ब्रान्डको सिमेन्ट भारततर्फ निकासी गर्न औपचारिक शुभारम्भ गरेको हो ।

पहिलो दिनमा नै तीन ट्रक सिमेन्ट भारतमा गएको छ । सरकारले चालु आर्थिक वर्षदेखि सिमेन्ट निर्यात गर्दा ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था समेत गरेको छ ।

पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडका जनसम्पर्क प्रवन्धक जीवन निरौलाका अनुसार नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ । त्यसैकारण अब भारतीय बजारमा निर्यात गर्न सुरु गरिएको कम्पनीले जनाएको छ ।

जगदम्बा, सर्वोत्तम, सौर्य, अर्घाखाँचीलगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन्।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड