मिस नेपाल अर्थ डा.सरिशालाई गोल्ड मेडल
मिस नेपाल अर्थ डा.सरिशालाई गोल्ड मेडल प्राप्त गर्न सफ भएकी छिन्
काठमाडौं– मिस नेपाल अर्थ २०२२ डा.सरिशा श्रेष्ठले गोल्ड मेडल प्राप्त गर्न सफ भएकी छिन् । त्रिभुवन विश्वविद्यालयबाट प्याथोलोजी विषयमा उनले स्वर्ण पदक प्राप्त गरेकी हुन् ।
मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले जनाए अनुसार मिस नेपाल अर्थ सरिसाले त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडल प्राप्त गरेकी हुन् ।अध्ययनमा अब्बल सरिशाको भविष्यमा वातावरण क्षेत्रमा काम गर्ने योजना बनाएकी छिन् ।
मिस अर्थ २०२२ मा नेपालको प्रतिनिधित्व गर्दै सरिसाले नेपालको जलवायु मुद्दालाई उठाउने तयारी गरेकी छिन् ।
यसपटकको मिस नेपालमा सहभागि ६ जना चिकित्सकमध्ये सरिशा अब्बल ठहरिएकी थिइन् ।