Breaking News :

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र रोट्रयाक्ट डिस्ट्रिक्टबिच सहकार्य गर्ने सम्झौता

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र रोट्रयाक्ट डिस्ट्रिक्टबिच सहकार्य गर्ने सम्झौता

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र रोट्रयाक्ट डिस्ट्रिक्टबिच सहकार्य गर्ने सम्झौता

काठमाडौं - शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र रोट्रयाक्ट  डिस्ट्रिक्ट ३२९२ नेपाल —भुटान बीच सहकार्य गर्ने सम्झौता भएको छ । 

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका डेपुटी सिइओ लोकराज पनेरु, रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल—भुटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजु र डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रिेजन्जेटिभ लक्ष्मण खरेलबीच सहकार्य गर्ने सम्झौता भएको हो । 
उक्त सम्झौता पत्रमा युवा नेतृत्व, पेशागत विकास र हरित विकास लगायतका विषयमा समेटिएका छन् । रोट्रयाक्ट डिस्ट्रिक्टको को उद्देयय बमोजिम विभिन्न सामाजिक कल्याणका परियोजनाहरूलाई प्रेरणादायी, सशक्त र रुपान्तरण गर्ने सम्बन्धी कार्यहरूका लागि संयुक्त रुपमा सहकार्य गर्ने सहमति भएको हो । 
रोट्रयाक्ट डिस्ट्रिक्टले गर्ने वातावरण,हरियाली तथा सरसफाई सम्वन्धि कार्य ,फोहोर व्यवस्थापन र युवाहरुले गर्ने हरेक कार्यक्रममा बैंकले वित्तिय तथा अन्य सहयोग गर्नेछ । यहि साउन १६ गते शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र  रोट्रयाक्ट नेपालबिच सहकार्य गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

Breaking News Nepal

Breaking News Nepal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड