Breaking News :

वीरगंजको माईस्थानमा आलोक ज्वेलर्स सुन चाँदी पसल संचालनमा

वीरगंजको माईस्थानमा आलोक ज्वेलर्स सुन चाँदी पसल संचालनमा

वीरगंजको माईस्थानमा आलोक ज्वेलर्स सुन चाँदी पसल संचालनमा

वीरगंज - नयाँ आधुनिक तथा परम्परागत, गुणस्तरिय, सुपथ मुल्यमा सुन चाँदीका गर गहना तथा सामान उपलब्ध गराउने उद्धेश्यले वीरगंजमा आलोक ज्वेलर्स सुन चाँदी पसल संचालनमा आएको छ । करिब १२ बर्ष सामुहिक सुन व्यवसाय गर्दै आएका वीरगंज ०७ , रामटोल निवासी सागर सर्राफले वीरगंजको माईस्थान स्थित २ नं रोड जाने बाटोमा उक्त ज्वेलर्स संचालनमा ल्याएका हुन् । लामो समय कामको अनुभव, सबै शुभेच्छुक , भाई तथा इष्टमित्रको राम्रो सहयोग हुने विश्वासका साथ आफुहरुले पनि एकल रुपमा नयाँ ढंगले सुन तथा चाँदीको व्यवसायलाई अघि बढाएको संचालक सर्राफले जनाए ।

आफुहरुले पुराना गर गहना साटफेर, खरिद बिक्रि, काँचो सुन किन बेच, २१/२२ क्यारेडको रेडिमेट सामान, चाँदीका भाँडा, पत्थर जडित लगायतका सामानहरु उपलब्ध गराउने भएको उक्त पसलका प्रबन्ध निर्देशक युवा व्यवसायी सागर सर्राफले बताए । प्रत्यक्ष रुपमा हाल २ जना कर्मचारीले रोजगार पाएको उक्त पसलमा अप्रत्यक्ष रुपमा करिब ४ जना आबद्ध भएको उनले जनाए । उक्त पसल संचालन गर्दा हाल करिब २५ लाख रुपैया लगानी भएको ज्वेलर्सले जनाएको छ । आलोक ज्वेलर्सको उदघाटन युवा व्यवसायी सागर सरार्फका आमा बुबाले रिबिन काटेर उदघाटन गरेका थिए। उक्त समारोहमा युवा नेता समाजिक अभियन्ता ओमप्रकाश सरार्फ, वडा न .६ का वडा अध्यक्ष जयप्रकाश साह(अग्रवाल )  र परिवारका सदस्यहरुको विशेष उपस्थित रहेको थियो।

Dipu Barnawal

Dipu Barnawal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड