Breaking News :

अबैध रुपमा नेपाल बसेको भारतीय नम्बरको स्कोर्पियो नियन्त्रणमा

अबैध रुपमा नेपाल बसेको भारतीय नम्बरको स्कोर्पियो नियन्त्रणमा

अबैध रुपमा नेपाल बसेको भारतीय नम्बरको स्कोर्पियो नियन्त्रणमा

वीरगंज - सशस्त्र प्रहरीले ६५ दिन सम्म अबैध रुपमा नेपालमा बसेका भारतिय नम्बरकाे स्कोर्पियो नियन्त्रणमा लिएकाे छ । सशस्त्र प्रहरी बल बाेर्डर आउट पाेष्ट वीरगंजले बिआर ३० एई ९१८९ नम्बरकाे सेताे रंगकाे कार नियन्त्रणमा लिएकाे हाे ।

सोमवार बिहान ९:०० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं. १६ भन्सार रोडस्थित खटिएको ७ जनाको गाडी मोबाईल टोलिले साे स्कोर्पियो नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक संताेष कुमार बस्नेतले जानकारी दिए ।

स्कोर्पियो सोहि स्थानमा छोडी सवारी चालक भागेकोले उक्त गाडी चेकजाँच गर्दा मिति २०७९ ०३ । ३२ गते देखि मिति २०७१।०४।०१ गते सम्म गौर भन्सार कार्यालय रौतहटबाट प्रज्ञापन पत्र बनाई नेपाल प्रवेश गरी ६५ दिन सम्म अबैध रुपमा नेपालमा बसेको पाईएको हुँदा नियन्त्रणमा लिइएकाे सुचना अधिकारी बस्नेतले बताए ।

नेरु ३५ लाख पर्ने उक्त स्कोर्पियो नियन्त्रणमा लिई विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको बस्नेतले जानकारी गराए ।

Dipu Barnawal

Dipu Barnawal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड