Breaking News :

पर्सा-१ का उम्मेदवार यादव प्रतिको आकर्षण बढ्दै, सयौंले गरे जसपा प्रवेश

पर्सा-१ का उम्मेदवार यादव प्रतिको आकर्षण बढ्दै, सयौंले गरे जसपा प्रवेश

पर्सा-१ का उम्मेदवार यादव प्रतिको आकर्षण बढ्दै, सयौंले गरे जसपा प्रवेश

वीरगञ्ज - पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) प्रतिको आकर्षण र जनलहर बढ्दै गएको छ । 

मंसिर ४ को निर्वाचन नजिकिँदै जाँदा पर्सा १ मा जसपा र उसका उम्मेदवार प्रदीप यादव प्रति जनलहर बढ्दै गएको पाइएको हो ।

सांसद् र मन्त्री पदमा रहँदा यादवले गरेका विकास निर्माणका कामका कारणले पर्सा १ मा जसपा प्रति जनलहर बढ्दै गएको स्थानीय मतदाताले बताएका छन् ।   

पर्सा-१ मा जसपाले चुनावी गतिविधी पनि बढाउँदै लगेको अवस्थामा अन्य दल छाडेर जसपामा प्रवेश गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । 

यसैक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मा शनिबार जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अन्य दलका थुप्रै नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन् ।   

शनिबारको कार्यक्रममा जनमत पार्टीको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मा वडा अध्यक्ष पदका उम्मेदवार चन्द्रिका सहनी जसपामा प्रवेश गरेका छन् । 

सहनीको नेतृत्वमा सयौं जना जसपामा प्रवेश गरेका हुन् । कार्यक्रममा नवप्रवेशीहरुलाइ पर्सा १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार एवम् जसपा नेता प्रदीप यादवले फुलमाला लगाएर गम्छा ओढाउदै पार्टीमा स्वागत गरे । 

कार्यक्रमम बोल्दै यादवले मधेस र मधेसीका लागि संघर्षरत जसपामा पहिलेको भन्दा अहिले झन जनलहर बढेको बताए । मधेसको हकअधिकारी र मुद्धा सम्बोधनका सवालमा संघर्ष गर्ने एक मात्र दल जसपा नै रहेको भन्ने कुरा बुझेर जनताको आकर्षण जसपा प्रति बढेको उनले बताए । उनले भने, ‘मधेसका सम्बोधन हुन बाँकी रहेका मुद्धा र हकअधिकार सम्बोधन गराउनका लागि जसपा आज पनि संघर्षरत रहेको छ, सदन होस् वा सडक जसपाले मधेसको एजेण्डा बिर्सिएको छैन, र बिर्सिनेवाला पनि छैन ।’

Dipu Barnawal

Dipu Barnawal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड