बागी वा स्वतन्त्र उम्मेदवारलाई कांग्रेसका नेता र मतदाताले चिन्दैनन् : चाैरसिया
बागी वा स्वतन्त्र उम्मेदवारलाई कांग्रेसका नेता र मतदाताले चिन्दैनन् : चाैरसिया
वीरगंज - पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसियाले आगामी निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार बाहेक बागी वा स्वतन्त्र उम्मेदवारलाई काँग्रेसका नेता र मतदाताले नचिन्ने बताएका छन् ।
मंगलबार साँझ वीरगंजमा चुनावी घरदैलो कार्यक्रम गर्नु अघि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले भने, ‘यो चुनावमा काँग्रेसका मतदाताले सत्तागठबन्धन बाहेकका अरु उम्मेदवारलाई चिनेका छैनन् , काँग्रेसका मतदाता सत्तागठबन्धनलाइ जिताउन लागेका छन् ।
चौरसियाले अबको निर्वाचनबाट बन्ने काँग्रेस गठबन्धनको सरकारले पहिलो काम राष्ट्रपतिले रोकेर राखेर राखेको नागरिकता विधेयक प्रमाणिकरण गराउने रहेको बताए । चौरसियाले भने, ‘एमाले र केपी ओलीको मतियार बनेर राष्ट्रपतिले जुन नागरिकता विधेयक रोकेर राख्नु भएको छ, अब बन्ने काँग्रेस नेतृत्वको सरकारको पहिलो काम भनेको त्यो विधेयक प्रमाणिकरण गराउने हुन्छ ।
संविधानलाइ सधैका लागि ध्वस्त गरेर लोकतन्त्रलाइ नै सिध्याउने योजना अनुरुप दुइ दुइ पटक संसद् भंग गरेको दल एमाले र उसका अध्यक्ष केपी ओलीलाई जनतासंग भोट माग्ने नैतिक अधिकार नै नभएको उनले बताए । उनले भने, ‘आफनै पार्टीको दुइ तिहाइ सरकार गिराएर आफनै दल सिध्याउन खोज्ने ओलीमा लोकतन्त्र प्रतिको निष्ठा कहिले पनि थिएन, त्यस्ता नेता र दलले अहिले फेरि मत माग्दैछन्, त्यस्तालाई जनताले के का लागि मत दिने? त्यसका कारण एमाले र ओलीले जितको सपना नदेखे हुन्छ ।
संविधान र लोकतन्त्र रक्षाका लागि नै पाँच दलीय गठबन्धन बनेको स्मरण गराउदै चौरसियाले भने, ‘संविधान र लोकतन्त्र रक्षाका लागि जनताले फेरि काँग्रेस र सत्तागठबन्धनलाई बहुमत दिन्छन् ।
आफनो चुनावी एजेन्डा बारे जानकारी दिदै चौरसियाले विगतका सांसद जस्तो गेट बनाएर भ्रष्टचार गर्दिन, अहिले बनाइएका हरेक गेटमा ठूलो भ्रष्टचार भएको छ, म हरेक विधालयको शैक्षिक र भौतिक गुणस्तरमा सुधार गर्छु, स्वास्थ्य संस्थाको स्तरोन्नती गराउछु ।