Breaking News :

रोड शो गर्दै प्रदीप यादवले भने, ‘विकास र सुशासनको पक्षधर जसपा-एमाले गठबन्धनलाई जिताउनुहोस्’

रोड शो गर्दै प्रदीप यादवले भने, ‘विकास र सुशासनको पक्षधर जसपा-एमाले गठबन्धनलाई जिताउनुहोस्’

रोड शो गर्दै प्रदीप यादवले भने, ‘विकास र सुशासनको पक्षधर जसपा-एमाले गठबन्धनलाई जिताउनुहोस्’

वीरगञ्ज - पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले आज सातौँ दिन पनि चुनावी रोड शो र जनता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका यादवले आइतबार क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १५ स्थित भुषुवा र वडा नम्बर १६ स्थित नगवामा रोड शो गरेका हुन् ।

रोड शोका क्रममा यादवले स्थानीयहरुसँग भेटघाट गर्दै देशको विकास, समृद्धी र सुशासन स्थापनाका निमित्त जसपा-एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।

यादवले सत्ता गठबन्धनले एकलौटी राज चलाएर देशमा तानाशाह स्थापना गर्न खोजेको आरोप लगाउँदै गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि जसपा-एमालेका उम्मेदवारहरुलाई जिताउनु पर्ने बताए ।

यादवले आफू सांसद् र सानो समयका लागि मन्त्री हुँदा पनि आफ्नो क्षेत्र र समग्रमा पर्सा जिल्लामा भ्याएसम्म विकास निर्माणका योजनाहरु ल्याएको र पूरासमेत गरेको दावी गर्दै आगामी दिनमा बाँकी रहेको काम सम्पन्न गर्न आफूलाई निर्वाचित गराउन मतदातासँग आग्रह गरे ।

सोही क्रममा यादवले हिन्दूहरुको महान पर्व दिपावली र छठको शुभकामना आदानप्रदान पनि गरेका थिए ।

मधेश प्रदेशका मुख्यमन्त्रीसमेत सहभागी रहेको कार्यक्रममा जसपा र एमालेका कार्यकर्ताहरुको पनि ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।

Dipu Barnawal

Dipu Barnawal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड