Breaking News :

काम गर्नेलाई जनताले अवश्य जिताउन यादवको भनाइ

काम गर्नेलाई जनताले अवश्य जिताउन यादवको भनाइ

काम गर्नेलाई जनताले अवश्य जिताउन यादवको भनाइ

वीरगञ्ज, ९ कार्तिक । पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवले जनताले नाम नभएर काम मन पराउने बताएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा जनता समाजवादी पार्टी (जसपा) को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जसपा र नेकपा एमालेको गठबनधनका उम्मेदवार यादवले पर्सा १ मा आफुले र मधेश प्रदेश सरकारले गरेका कामका बारेमा मतदातालाई राम्ररी बुझाउन कार्यकर्तालाई आग्रह गरेका छन् । यादवले भने, ‘हामीले यो क्षेत्रमा गरेका काम र उपलब्धीहरु जनता माझ लिएर जानुस्, जनतालाई बुझाउनुस्, किन कि जनताले नाम होइन कामलाई मन पराउछन् ।’ 
जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नरहने गरि चुनावी प्रचारमा लाग्न अगुुवा कार्यकर्ताहरुलाई यादवले आग्रह गरेका छन् । 
भेलामा सहभागी जसपाका अगुवा नेता कार्यकर्ताहरुले जसपाका उम्मेदवारलाई अत्याधिक मतले विजयी बनाउन आफुहरु एकजुट भएर लागि सकेको बताए । उनिहरुले पर्सा १ मा अन्य दलका उम्मेदवार भन्दा जसपाका दुवै उम्मेदवार जनता माझ लोकप्रिय छवि बनाएको कारण जनताले पनि यसपालि फेरि जसपालाई  नै मत दिने प्रतिक्रिया दिएका छन् । 
छपकैयाको कार्यकर्ता भेला सकेर यादव नेवार समुदायले नेपाल संवत ११४३ न्हूदँया भिन्तुनाको उपलक्ष्यमा आदर्शनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पनि सरिक भएका थिए । 
त्यस अवसरमा यादवले नेपाल संवत ११४३ न्हूदँया भिन्तुनाको उपलक्ष्यमा कार्यक्रममा सहभागीहरुसंग शुभकामना आदान प्रदान गरे । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक  डाक्टर दीपक शाक्य, जसपाका महानगर अध्यक्ष इश्वरचन्द्र यादव, प्रकाश अमात्य लगायतको  उपस्थिती रहेको थियो ।

Dipu Barnawal

Dipu Barnawal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड