Breaking News :

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउने अभियान अन्तर्गत संयुक्त युवा विधार्थी भेला सम्पन्न

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउने अभियान अन्तर्गत संयुक्त युवा विधार्थी भेला सम्पन्न

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउने अभियान अन्तर्गत संयुक्त युवा विधार्थी भेला सम्पन्न

वीरगंज - पर्सा क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउने अभियान अन्तर्गत शुक्रबार संयुक्त युवा विधार्थी भेला सम्पन्न भएको छ ।

पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ४ धोबिनीमा शुुक्रबार काँग्रेसको क्षेत्रीय कार्य समितिले लोकतान्त्रिक बाम गठबन्धनको सयुक्त युवा विद्यार्थी भेला आयोजना गरेको हो ।

भेलामा सहभागी पाँच दलीय गठबन्धनका युवा विधार्थी नेताहरुले पर्सा ४ मा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई जिताउन युवा विधार्थीहरु एकजुट भएर लागेको बताए । उनिहरुले प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजाल ,प्रदेशसभासदस्यका उम्मेदवारद्वय शंकर चौधरी र शेख चाँदताराको पक्षमा घरघरमा पुगेर मत माग्ने प्रतिबद्धता पनि जनाए ।

काँग्रेसका क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा भएको भेलामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजाल,प्रदेश सदस्यका उम्मेदवार शेख चाँद तारा र शकर चौधरीका साथै नेताहरू बृहस्पतिकृष्ण श्रेष्ठ, बशिष्ठ नारायण कुर्मी ,सलाउदीन अगमद,रामबबु बैठा,रमेश पान्डे , नवीन सिंह,किशोरी साह कानु लगायतको पनि सहभागीता थियो ।

Dipu Barnawal

Dipu Barnawal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड