पर्सा २ (ख) का मतदाता भन्छन्, कुर्मीको जित सुनिश्चित छ’
पर्सा २ (ख) का मतदाता भन्छन्, कुर्मीको जित सुनिश्चित छ’
वीरगञ्ज – पर्साको क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीले जनतासँगको भेटघाट तथा छलफललाई तिव्रता दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै कुर्मीले जनतासँगको भेटघाटलाई तिव्रता दिएका हुन् ।
सोही क्रममा कुर्मी आज पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर २ का विभिन्न टोलमा पुगेका थिए ।टोलटोलमा जनतासँग भेटघाट तथा छलफल गर्दै कुर्मीले उनीहरुका गुनासो तथा समस्याहरु सुन्ने गरेका छन् । साथै ति समस्याहरुको समाधानका लागि प्रदेश सभामा पहल गर्ने बताउँदै उनले आफुलाई मतदान गरेर निर्वाचित गराउन आग्रह गरेका छन् ।
यसअघिको कार्यकालमा आफुले भौतिक पूर्वाधारदेखि अन्य सामाजिक विकासका कामहरुमा गरेको योगदानको मूल्यांकन गरेर जनताले आफुलाई पुनः अवसर दिने कुर्मीको विश्वास छ । आफ्नो क्षेत्रको विकासका लागि देखेको सपनालाई मुर्त रुप दिनका लागि पनि जनताले जिताउने उनको भनाई छ ।
संविधान सभा सदस्य हुँदादेखि प्रदेश सभा सदस्यसम्म पनि आफुले विकाससँगै रोजगार तथा युवालाई प्राथमिकता दिएको कुर्मीले बताए । यसअघि उनले क्षेत्र नम्बर २ (ख) अन्र्तगत पर्ने विभिन्न वडाहरुका मतदातासँग पनि भेटघाट गरीसकेका छन् ।