उम्मेदवार सरार्फ द्वारा छ्ठघाटहरुमा पुजा एवं आशीर्वाद ग्रहण,ब्रतालुहरु उत्साहित
उम्मेदवार सरार्फ द्वारा छ्ठघाटहरुमा पुजा एवं आशीर्वाद ग्रहण,ब्रतालुहरु उत्साहित
वीरगञ्ज - पर्सा क्षेत्र न . १(ख) प्रदेश सभा सदस्यका उम्मेदवार ओमप्रकाश सरार्फले विभिन्न छठघाटमा पुगेर बर्तालु एवम् दर्शनार्थीहरुसँग भेटघाट एवं आशीर्वाद ग्रहण गरेका छन् ।
पर्सा क्षेत्र नम्बर १ (ख) बाट लौरो (छडी) छापका उम्मेदवार सरार्फले वीरगञ्जको नगवा पोखरी, , मुर्ली, लक्ष्मणुवा ,इनर्वा,छपकैया,पानी ट्यान्की, भिस्वा,भेडियाही,माइदिया पोखरी, घडिअर्वा लगायतका स्थानमा रहेका छठघाटमा पुगेर बर्तालु एवम् दर्शनार्थीहरुसँग आशिर्वाद लिएका छन् ।
महापर्वका रुपमा मनाइने छठ पर्वले समाजमा भाइचारा र भातृत्व कायम गरोस् भन्ने शुभकामना व्यक्त गर्दै धर्म एवम् संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो चुनाव चिन्ह लौरो छापामा मतदान गरि नयाँ पुस्तालाई अवसर दिनु पर्नेमा जोड दिएका थिए। उम्मेदवार सरार्फले मुख्यमन्त्री पोखरी सौन्दर्यकरणको नाममा नगवा,मुर्ली लगायतको पोखरीको मौलिकता र प्राकृतिक सौन्दर्यलाई नस्ट गरेकोमा आक्रोश समेत पोखेका छन् ।छठघाटहरुमा उम्मेदवार सरार्फ प्रति ब्रतालु र सर्वसाधारण उत्साहित भएका थिए ।