काठमाण्डौ ८(ख) को चुनावी माहोल।गठबन्धन का उमेद्वार अमिन पाण्डे निकै अगाडि
काठमाडौं महानगरपालिका वडा नम्बर १५ नागर्जुन नगरपालिका को वडा ४,५ पर्ने काठमान्डौ क्षेत्र न ८ (ख) मा जम्मा १२ उमेदवार ले उमेदवारी दिएका छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर १५ नागर्जुन नगरपालिका को वडा ४,५ पर्ने काठमान्डौ क्षेत्र न ८ (ख) मा जम्मा १२ उमेदवार ले उमेदवारी दिएका छन्। सत्ता गठबन्धन का तर्फ बाट नेपाली काङ्रेसका उमेद्वार अमिन पाण्डे, राप्रपा का उमेद्वार उद्धव थापा, एमालेका उमेद्वार निमा तामाङ बिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
यस क्षेत्रमा स्थलगत रिपोर्टिङ गर्दा सत्ता गठबन्धन तर्फका नेपाली काङ्रेश का लोकप्रीय उमेदवार अमिन पान्डे निकै नै लोकप्रीय देखिएका छन्। भारी बहुमत का साथ जित्ने आकलन चोक चोकमा चिया पसलमा हुने गरेको भेटियो। गठबन्धन, स्थानिय लोकप्रीयता, युवा उमेद्वार, जनता माझ भिजेका उमेदवार भएका कारण उनको यस क्षेत्रमा स्थानिय माझ छुट्टै नै क्रेज देखिन्छ।
२०७९ को स्थानिय चुनाव को मतपरिणाम ले के सन्केत गर्छ त्यो पनि हेरौ।काठमान्डौ वडा नम्बर १५ मा स्थानिय चुनाव मा सत्ता गठबन्धन ले ५,०९६ मत ल्याएको थियो भने एमालेले १३९५ र राप्रपाले ५२१ मत ल्याएको थियो। नागर्जुन नगरपालिका को वडा नम्बर ४ मा गठबन्धन ले १४१३, एमालेले ९५५ र राप्रपाले २६६ मत ल्याएको थियो। त्यसैगरी वडा नम्बर ५ मा गठबन्धन ले ६१२, एमालेले २८८ र राप्रपाले १,४३९ मत ल्याएको थियो। यसरी समग्रमा प्रदेश ८(ख) मा सत्ता गठबन्धन ले ७,१२१ एमालेले २,६३८ र राप्रपाले २,२२८ मत ल्याएका थिए। यस मत परिणाम लाइ हेर्दा पनि सत्ता गठबन्धन का अमिन पान्डे को जित निस्चित देखिन्छ्। उनको प्रतिस्पर्धा मा राप्रपाका उद्धव थापा आधि भन्दा कम मतका साथ प्रतिस्पर्धी को रुपमा आउने देखिन्छ्। एमालेका उमेद्वार निमा तामाङ प्रतिस्पर्धा मा निकै पछाडि पर्ने देखिन्छ।