को हुन त प्रदेश सभा क्षेत्र न. ८ (क) का उमेदवार अमिन पाण्डेय ?
नेपाली काँग्रेसका युवा नेता अधिवक्ता अमिन पाण्डेय का.म.पा. १५ वडामा जन्मनु भएको हो।
नेपाली काँग्रेसका युवा नेता अधिवक्ता अमिन पाण्डेय का.म.पा. १५ वडामा जन्मनु भएको हो। यसै क्षेत्रलाई आफ्नो आधार ईलाका मानी सामाजिक र राजनीतिक गतिविधि मा सक्रिय रूपमा लाग्दै आउनु भएको छ । युवा नेता पाण्डेय सानै उमेरदेखि सामाजिक सेवाको क्षेत्रमा सकृय रूपमा सहभागी भई विभिन्न संघ संस्थामा नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएको छ्। पाण्डेय नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल र नेपाली काँग्रेस १५ वडा समितिको उपाध्यक्ष नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ८ को क्षेत्रीय सचिव, नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्य समितिको सदस्य पदमा रही कार्य गर्नुभएको छ।
प्रदेश सभा क्षेत्र नं. ८ (२) का जनताहरूको सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक समुन्नति र व्यवस्थापनको दृढ अठोट र कृयाशिलता साथ नेपाली कांग्रेसले गठबन्धनको तर्फबाट अमिन पाण्डेयलाई प्रदेश सभा क्षेत्र नं. ८ (२) को गठबन्धनको साझा उम्मेदवारको रूपमा प्रस्तुत हुनुहुन्छ। गठबन्धनको साझा उम्मेदवारको रूपमा यस क्षेत्रको बिकास र समुन्नतिका लागि कृयाशिल हुने सौभाग्य प्राप्त गरेको मा हर्षित हुनुहुन्छ।
काठमाडौं क्षेत्र न ८ (क) का जनता को अमुल्य मत प्राप्तगरी बिजयी भएमा उमेद्वार पाण्डेले आफ्नो प्रदेश सभा क्षेत्रको समग्र विकासका लागि निम्न कार्य गर्न दृढ भै लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
- प्रदेश सभा भित्रको भौगोलिक सिमाले ओगटेको क्षेत्र भित्रको आर्थिक विकासका लागि कृषि, उद्योग तथा बाणिज्य पर्यटन आदि क्षेत्रको पहिचान साथै विकासका लागि पहल कदमी गर्ने ।
- प्रदेश सभा ८ (२) क्षेत्र रहेका विभिन्न पार्क, गुम्बा, मठ, मन्दिर आदि लाई संरक्षण गर्दै यस्ता क्षेत्रहरूमा पदमार्गको विकास गरि आन्तरिक तथा व्याहय पर्यटकहरूको आकर्षण गर्न विशेष गुरू योजना तर्जुमा गरि सम्बन्धित निकायमा आवाज बुलन्द गर्ने |
- प्रदेश सभा ८ (२) क्षेत्र भित्र रहेको पौराणिक मठ, मन्दिर, पाटीपौवा, कुवा पोखरी, पार्क आदिको संरक्षण र सम्बर्द्धन गरि प्रबर्द्धन गर्ने कार्यमा विशेष पहल कदमी लिने छु सुविधासम्पन्न कृयापुत्री भवन निर्माण गर्ने प्रतिबद्धता ।
- प्रदेश सभा ८ (२) क्षेत्र भित्र आर्थिक क्रियाकलाप विकास र बिस्तार गर्न लगानी मैत्री नीति निर्माण गर्न विशेष पहल कदमी गर्ने |
- सामाजिक सेवाका क्षेत्र शिक्षा, स्वास्थ्य, रोजगारी आदिको ग्यारेन्टीका लागि प्रदेश सभामा विशेष पहल कदमी लिने |
- प्रदेश सभा ८ (२) क्षेत्र भित्र आधार भुत शिक्षा, प्राबिधिक तथा व्यवहारिक शिक्षा र उच्च शिक्षाको विकासका लागि तत्कालीन, मध्य कालीन र दीर्घकालीन मार्गदर्शन सहितको शैक्षिक गुरु योजना निर्माणका लागि पहल कदमी लिने ।
- प्रदेश सभा ८ (२) क्षेत्र भित्र बसोबास गर्ने बिपन्न परिवारका सदस्यहरूको पठनपाठन उनीहरको जिवनस्तर वृद्धिका लागि विशेष खालको व्यवस्था गर्न प्रदेश सभामा योजना सहितको कार्यक्रम छलफलमा ल्याउन सशक्त आवाज उठाउने ।
- प्रदेश सभा ८ (२) क्षेत्र भित्र एउटा राम्रो बागमती प्रदेश विश्वविद्यालय, एउटा सुबिधा सम्पन्न अस्पतालका लागि सम्बन्धित निकायमा गुरु योजना सहितको कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने ।
- प्रदेश सभा ८ (२) क्षेत्र भित्रका सबै जनसमुदायहरूलाई स्वच्छ खानेपानी, आवास, सरसफाइ आदिको ग्यारेन्टी हुने वातावरण निर्माणका लागि सम्बन्धित ठाउँमा दवाव सृजना गरि सफलता तर्फ उन्मुख रहन सधैं प्रयत्नशिल रहने ।
- प्रदेश सभा ८ (२) भित्र आवस्यक भौतिक पुर्वाधारलाई सर्वसाधारण जनताको पहुँचमा सजिलै प्राप्तहुने अवस्थाको सृजना गर्न प्रतिबद्ध छु नेवाः संस्कृती परम्पराको जगेर्ना गर्दै यहाँको जात्रा पर्व लोक बाजाको संरक्षण एवं सम्बर्द्धन गर्ने प्रतिबद्धता।
आदरणीय मतदाता सामु अमिन पाण्डे भन्नुहुन्छ, "के.पि. ओली नेतृत्वको सरकारले गरेको गैर संबैधानिक क्रियाकलापका कारण सोही आवद्ध लोकतन्त्र र स्वतन्त्रतालाई अपनत्व जनाउनु हुने बामपन्थी साथीहरू समेतको सहयोगमा आजको परिस्थिति निर्माण भै हामी संविधानको रक्षा गर्दा आजको दिन सम्म आइपुगेका छौं । यसै कारण पनि संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने, समुन्नत नेपाल र सम्मानित नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने, प्रतिगमनको संभावनालाई सधैंका लागि निस्तेज पार्ने, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको रक्षा गर्ने, दिगो शान्ति, राष्ट्रको समुन्नति र नागरिकको उच्च सम्मान र जिवन् स्तर वृद्धि जस्ता कार्यभार पूरा गर्नकै लागि पनि आज नेपाली काँग्रेस र गठबन्धनका तर्फबाट प्रस्तुत भएका उम्मेदवारहरूलाई विजय गराउन पर्ने अहम दायित्व पूरा गर्न गठबन्धनको तर्फबाट प्रस्तुत भएको मेरो उम्मेद्वारीलाई रूख चिन्हमा मतदान गरि भारी मतबाट अनुमोदन गर्न हुन सम्पूर्ण मतदाताहरूमा हार्दिक अपिल गर्दछु । "