Breaking News :

‘हर घर, रहबर’ अभियानको टोली आइतबार तेजरा टोलमा

‘हर घर, रहबर’ अभियानको टोली आइतबार तेजरा टोलमा

‘हर घर, रहबर’ अभियानको टोली आइतबार तेजरा टोलमा

वीरगञ्ज - लोकतान्त्रिक बाम गठबन्धनबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) मा माओबादी केन्द्रका प्रदेशसभा सदस्य पदका उम्मेदवार रहबर अंसारीको पक्षमा मतदान आह्वान गर्दै मतदाताले नै स्वस्फूर्त सुरु गरेको ‘हर घर, रहबर’ अभियानको टोली आइतबार वीरगञ्ज महानगरपालिका वडा नम्वर १३ तेजरा टोलमा पुगेको छ ।

टोलीले तेजरा टोलको घरघरमा पुगेर उम्मेद्वार अंसारीको पक्षमा मतदान गर्न आग्रह गरेको छ । तेजरा टोलका मतदाताले उम्मेद्वार अंसारीलाई घरघरमा स्वागत गर्दै फुल माला र अबिर लगाइदिएर विजयको आशिर्वाद दिएका छन् ।

यस क्षेत्रबाट यसअघि निर्वाचित भएर गएका प्रदेशसभा सदस्यले क्षेत्र र जनताका लागि केहिपनि नगरेको आरोप लगाउँदै विकल्पका रुपमा अंसारीलाई चुनेको स्थानीयहरुले बताए ।अंसारीले पनि आफू जनताको हकहितका लागि काम गर्ने बताउँदै आफूलाई निर्वाचित गराएर पठाउन आग्रह गरे । 

उनले पर्सा जिल्लाको समग्र विकासका लागि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेकोले यसपालि लोकतन्त्रको पक्षमा मतदान गर्न आग्रह गरे ।घरदैलोमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको छ ।

Dipu Barnawal

Dipu Barnawal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड