Breaking News :

नागरिकताको समस्या सामधान गरेरै छाड्छु : प्रदीप यादव

नागरिकताको समस्या सामधान गरेरै छाड्छु : प्रदीप यादव

नागरिकताको समस्या सामधान गरेरै छाड्छु : प्रदीप यादव

वीरगञ्ज -  पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यमा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार प्रदीप यादवले नयाँ सरकार बनेको एक महिना भित्रै नागरिकताको समस्या सामधान हुने बताएका छन् ।

जसपाका केन्द्रिय राजनीतिक सदस्य समेत रहेका यादवले मंसिर ४ को निर्वाचनबाट केन्द्रमा जसपा–एमाले गठबन्धनको सरकार बन्ने र त्यो सरकारले नागरिकताको समस्या एक महिना भित्रै सामधान गर्ने दाबी गरेका हुन् । एमालेले पनि आफ्नो घोषणा–पत्रमै नागरिकताको समस्या एक महिना भित्र सम्बोधन गर्ने उल्लेख गरिसकेकोले अब यसमा कुनै उल्झन नरहने उनले बताए ।

बिहीबार वीरगञ्जमा सन्चारकर्मीसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका यादवले भने, ‘जसपाले नै नागरिकताको मुद्धा सम्बोधनका लागि सडकदेखि सदनसम्म संघर्ष गर्दै आएको छ, एमालेले पनि घोषणापत्रमै एक महिना भित्र सम्बोधन गर्ने उल्लेख गरिसकेको छ, त्यस कारण अब यो मुद्धा सम्बोधन हुन्छ ।’

नागरिकताको समस्या समाधान गरेर हजारौँ अनागरिकलाई पहिचान दिलाउने उनको भनाई छ । यादवले पर्सा १ मा विपक्षीले जति सुकै हावा फैलाएपनि आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरे । यादवले भने, ‘विपक्षीहरुले फेसबुकमा अरु क्षेत्रका मान्छे खटाएर अनर्गल हावा फैलाइरहेका छन्, त्यसले केहि फरक पर्नेवाला छैन, किन कि मत दिने पर्सा १ का मतदाताहरु हुन्, उनिहरुको अपार समर्थन मलाई छ, त्यस कारण मेरो जित सुनिश्चित छ ।’

उनले पर्सा १ का जनताले कामको मुल्यांकन गर्ने भएकाले यसपालि यहाँका मतदाता कसैको भावनामा नबहकिने जिकिर पनि गरे ।  पर्सा १ मा कुनै पनि उम्मेदवार दोहोर्याएर जितेको इतिहास त छैन नि ? भन्ने सन्चारकर्मीको प्रश्नमा यादवले यसपालि भने पर्सा १ मा नयाँ इतिहास रचिने दोहो-याए ।

यादवले भने, ‘म भन्दा पहिले जितेका सांसदहरु जनता भन्दा पनि पदको लिप्सामा मात्रै रमाएर बसे, जनताको समस्या र सुखदुखदको मतलब नै गरेनन् , तर २०७४ मा मैले जितेपछि जनताकै माझमा बसे, क्षेत्रको विकास र समृद्धिका लागि थुप्रै कामहरु गरे, त्यसैको मुल्यांकन गरेर जनताले फेरि मलाई अवसर दिदैछन्, पर्सा १ ले यसपालि नयाँ इतिहास रच्दैछ ।’

तपाइले पनि खासै कुनै ठोस कामहरु गर्नु भएन भनेर विपक्षीहरुले आरोप लगाउदैछन् त ? भन्ने  प्रश्नमा यादवले भने, ‘विगत पाँच वर्षको कार्याकालमा पर्सा १ मा विकास निर्माणका के के कामहरु गरेको छु ? जनताको सुखदुखमा सदैव साथ दिएको छु कि छैन ? यस बारे जान्न चाहनु हुन्छ भने क्षेत्रमा गएर हेर्दा हुन्छ, त्यहाँका जनताले आफै तपाईलाइ मैले गरेका कामहरु देखाइदिने छन् ।’

विगतमा सांसद र उपमेयर जितेर पनि केहि गर्न नसकेका व्याक्तिले नै अहिले प्रदीप यादवले केहि गरेन भन्दै भ्रम छर्दै हिडेपनि जनताबाट उनले जवाफ पाइसकेका कारण अत्तालिएर ती व्याक्तिले भ्रम छरेको यादवले बताए ।

Dipu Barnawal

Dipu Barnawal

Breaking News Nepal monitors official, and media sources from Nepal. News from Nepal is continually updated as it happens.

छुटाउनुभयो कि?

ब्रेकिङ न्यूज नेपाल प्राइभेट लिमिटेड